धरान/सङ्घीय लोकतान्त्रिक राष्टिूय मञ्चसम्बद्ध सङ्घीय विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरान इकाई समितिको तेस्रो अधिवेशनले अस्विन भुजेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । 

क्याम्पस परिसरमा मङ्गलबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा प्रमिला राई र कमन राई छन् । त्यस्तै सचिवमा झरना राई, सहसचिवमा सगुन राई, र कोषाध्यक्ष सृजना लिम्बू चयन भए । यसैगरी सदस्यहरूमा मनिष महत, बबिना राई, गृष्मा राई, धिरेन प्रधान, सविन त्रिखत्री, कौशिला इवाहाङलगायत २९ सदस्यीय कमिटी गठन भएको हो ।

त्यस्तै विकास राउत र मिराक लिङ्देन नेतृत्वको सल्लाहकार समिति बनेको छ । युनियनका केन्द्रीय उपाध्यक्ष राजेश इवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष अमर इजम, धरान नगर अध्यक्ष सन्जुहाङ साँवा, युनियनका केन्द्रीय सदस्य डिल्ली लुम्फुङ्वालगायतको उपस्थिति थियो ।