भद्रपुर । झापाको भद्रपुरमा विभिन्न पार्टी परित्याग गरी ३ सय भन्दा बढी नागरिक राप्रपामा प्रवेश गरेका छन् । भद्रपुर नगर समितिले सोमबार अपरान्ह् पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनलाई बधाइ शुभकामना तथा पार्टी प्रवेशको कार्यक्रममा उनीहरुले सदस्यता लिएका थिए । 

अध्यक्ष लिङ्देन, केन्द्रीय सदस्य तथा कचनकवल गाउँपालिका अध्यक्ष अन्जरा आलम, नगर अध्यक्ष राधा कार्की लगायतले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए । त्यसैगरी कचनकवल गाउँसमितिले पनि कार्यक्रमको आयोजना गरी स्वागत सम्मान गर्दै ५० जना भन्दा वढीले पार्टी सदस्यता लिएका थिए ।