काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि सोमबार जारी निर्वाचनमा अहिलेसम्म ३८० मत खसेको छ । 

पार्टीको १४औँ महाधिवेशनअन्र्तगत जारी मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेताहरूले मतदान गरिसकेका छन् । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंह, उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेता डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले मतदान गरिसकेका छन् । 

अन्य नेता भने भोट हाल्न लामबद्ध छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रियसभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ । दिउँसो १ः३० बजेसम्म राष्ट्रियसभा गृहमा २०० र भृकुटीमण्डपका दुई स्थानमा १८० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

रासस