धरान । हातेमालो उद्यमी महिला समूहले २२ दिने जुत्ता–चप्पल बनाउने तालिम सम्पन्न गरेको छ ।

धरान उपमहानगरपालिका वडा नं. १५ को सहयोगमा सञ्चालित तालिममा १५ जना सहभागी थिए । उनीहरूलाई प्रशिक्षक विमला चौधरीले जुत्ता– चप्पल बनाउने तालिम दिएकी थिइन् ।

धरान–१५ का वडाध्यक्ष नरेश इवारमको प्रमुख आतिथ्यमा तालिमको समापन भएको समूहकी अध्यक्ष लीला ढकालले जानकारी दिइन् ।