सुनसरी । सुनसरीको कोशी गाउँपालिका ८ स्थित भण्टाबारीमा शनिबार दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ६३७५ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ४९८८ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदै एकजनाको मृत्यु भएको हो ।
सुनसरी प्रहरीका मृत्यु हुनेमा सिरहा जिल्ला धनगढी जिरो माइले बस्ने वर्ष अन्दाजी ४० का बसका सहचालक जिवक्ष यादव रहेको छ भने अन्य २२ जना घाइते भएका छन् ।
अनियत्रित भई बस र ट्रक एकआपसमा ठोकिँदै बस राजमार्गमा पल्टिँदा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो ।