ताप्लेजुङमा ट्यकटर दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ भने २ जना घाइते भएका छन् ।
शुक्रबार अपरान्ह ४ बजे जिल्लाकाे सिरिजंघा गाउँपालिका ३ बोखिम स्थितमा ओरक्पाबाट कुन्जरी तर्फ गोलिया लिई जाँदै गरेको मे १ त ६८९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसी दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा ट्याकटर चालक फुङलादिनका २३ बर्षिय अमिन लिम्बु सहित २५ बर्षिय बसन्त लिम्बु, १५ बर्षिय समिर लिम्बु र १९ बर्षिय सुसन लिम्बु घाईते भएका थिए ।

घाईते मध्ये बसन्त र अमिनलाई हेलिकप्टरद्वारा विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा र समिर र सुसनलाई एम्बुलेन्सद्वारा प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पठाईएकोमा बसन्तको प्रतिष्ठानमा उपचारकाे क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको छ भने समिरको प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउन साथ बेलुका साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ ।
अन्य घाईते अमिन लिम्बुको घोपा धरानमा र सुसन लिम्बुको तेल्लोक प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट थप अनुसन्धान भइरहेको कार्यालयले जनाएकाे छ ।