भद्रपुर । मलद्वारमा लुकाएर ल्याएको ब्राउन सुगरसहित झापामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर– ४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आले मगर रहेको  सशस्त्र प्रहरी बल २ नम्बर गण झापाले जनाएको छ ।

प्रहरीका अनुसार  शुक्रबार बेलुका मेचीनगर– ४ स्थित राईसिङमा सशस्त्र प्रहरी  बाहुनडाँगीबाट खटिएको टोलीले शङ्का लागेर भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु ७४ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक आले मगरले मलद्वारमा च्यापेर ल्याएको १४ ग्राम ब्राउन सुगर बरामद गरेको सशस्त्रका डिएसपी प्रेमबहादुर भण्डारीले जनाए ।

मगरलाई मोटरसाइकलसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टालाइ बुझाइएको उनले जनाए ।