मारवाडी युवा मञ्च धरानले १० जना अपाङ्गता भएका मानिसहरूको कृत्रिम अंग प्रत्यारोपण गराएको छ ।  सुनसरीको विभिन्न पालिकाबाट ३४ जना अपाङ्गता भएकाहरू मध्ये पहिलो चरण अन्तरगत १२ जनाको कृत्रिम अंग प्रत्यारोपण गर्न वीरगन्ज लिएकोमा १० जनामा प्रत्यारोपण सफल भएको अध्यक्ष दिनेश कुमार अग्रवालले बताएका छन् । 

 करुणा पाउनण्डेसन इटहरीको समन्वयन तथा रोट्रायाक क्लब वीरगन्जको प्राविधिक सहयोगमा सुनसरीका विभिन्न मारवाडी समुदायका मानिसहरूको आर्थिक सहयोगमा ती अपाङ्गता भएमा मानीहरूलाई कृत्रिम अंग प्रत्यारोपण गराएको एक कार्यक्रमको आयोजना गरी मञ्चले जनाएको छ । मञ्चले    अंग प्रत्यारोपण गर्न बाकी अन्यलाई चाडै नै प्रत्यारोपण गर्न पहल गर्ने जनाएको छ ।

कार्यक्रममा उक्त कृत्रिम अंग प्रत्यारोपका लागि सहयोग गर्ने सम्पूर्णलाई प्रमाणपत्र दिएर सम्मान गरेको छ ।  कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेकी केन्द्रीय सदस्य, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले अपाङ्गता भएका मानिसहरूलाई कृत्रिम अंग प्रत्यारोपण गर्नु पुण्यको काम रहेका बताइन् उनले यस्ता कार्यले मानव्यताको सिर्जना हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन आग्रह समेत गरेकी छिन् ।