सिरहा । कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९को नीति, योजना कार्यक्रमसहितको बजेट सार्वजनिक गरेको छ ।

बिनियोजित बजेटमा आर्थिक वर्ष २०७८/०७९ मा सबै भन्दा बढी भौतिक निर्माण तथा शैक्षिक सुधारको कार्यक्रममा बढी प्राथमिकता दिँदै वडाबाट छानिएका तथा सिफारिस भइ आएका  वडास्तरीय योजना तथा कार्यक्रमको लागि १५ करोड ६९ लाख ६ हजार बिनियोजित गरिएको छ भने स्थानीय सडक, कृषि सडक, ग्रामिण सडक निर्माण मर्मत सम्भार तथा ग्राभेलको साथै पक्की सडक निर्माण बाटोको लागि ६ करोड २८ लाख ५० हजार विनियोजित गरिएको कल्याणपुर नगरपालिका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले बताए ।

त्यसैगरी  शैक्षिक सुधार कार्यक्रमहरुको लागि ६० लाख, स्वास्थ्य क्षेत्रमा औषधि तथा उपकरण खरिद गरि निःशुल्क स्वास्थ्य सेवाका लागि ६० लाख, पोखरी निर्माण, प्राङ्करिक मल वितरण गहु बिउ वितरण तथा फलफूल खेतिका लागि ५५ लाख बिनियोजित गरिएको छ ।

पशु बिकासको लागि विभिन्न कार्यक्रम गर्न ३० लाख, महिला बिकास कार्यक्रम, अपाङ्ग परिचय पत्र, बाल संरक्षण तथा जन चेतना मूलक कार्यक्रम सञ्चालनका लागि ५ लाख, लक्षित वर्गको कार्यक्रमका लागि ४० लाख, विपद व्यवस्थापन कार्यका लागि ५० लाख, धर्म संस्कृति संरक्षणका लागि ५ लाख तथा खेलकुद कार्यक्रमका लागि ५ लाख विनियाजित गरिएको जनाएका छन् ।

यसरी नगरपालिकाको ०७८।७९ को अनुमानित आयतर्फ, गत आ.ब.को मौजदात, आन्तरीक स्रोत, संघ र प्रदेशबाट प्राप्त राजस्व, सङ्घबाट वित्तिय समानिकरण अनुदान, प्रदेशबाट समानिकरण तथा सङ्घ प्रदेशबाट समानिकरण, सुरक्षा कार्यक्रम, समपूरक अनुदान तथा मधेश स्मृद्घि कार्यक्रम र विशेष अनुदान गरी ९१ करोड ३४ लाख ४९ हजार १४ रुपैयाँ ५० पैसाको बजेट बिनियोजित भएको छ भन्ने व्ययतर्फ पुँजिगतमा नगर स्तरीय, वडा स्तरीय, चालु तर्फको खर्च, कार्यक्रमको खर्च, सङ्घीय सशर्त अनुदानमा पूँजिगत र चालु खर्च, सङ्घीय विशेष अनुदान खर्च, प्रदेश विशेष अनुदान खर्च, तराइ मधेश  स्मृद्घि कार्यक्रम खर्च, समाजिक सुरक्षा तथा बालपोषण तथा खर्च हुन न सकेका फिर्ता रकम खर्च गरी विनियोजित बजेट कल्याणपुर नगरपालिका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले प्रस्तुत गरेको हुन् ।

कल्याणपुर नगरपालिकाले सार्वजनिक गरेको प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा पहिलो प्राथमिकतामा शिक्षा, सडक, स्वास्थ्य र कृषिमा रहेकोे बताए ।

ganes

शिक्षा सुधारमा जोड
नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिँदै अगाडी बढ्ने नीति लिइएको छ । सामुदायिक विद्यालयलाई अङ्ग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिँदै प्रत्येक वडामा ‘एक नमुना विद्यालयको रुपमा स्तरोन्नती गर्ने योजना रहेको कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले बताए ।

कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयहरुमा प्रविधि जडान गर्दैछु । जसले प्रविधि मैत्री शिक्षा नीतिलाई लागू गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधि विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन ।

उत्त कार्यक्रममा कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रममा कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवको अध्यक्षतामा भएको हो । कार्यक्रममा अतिथि रुपमा कल्याणपुर नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष मोतिवुल राइन, विभिन्न वडाका वडा अध्यक्षहरु, कल्याणपुर नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु लगायत, नागरिक समाज, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।