धरान । धरान–६ स्थित राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयले एटिएम सेवा सुरु गरेको छ ।

दुई वर्षअघिदेखि सञ्चालनमा आएको शाखाले बिहीबारबाट एटिएम सेवा सञ्चालनमा ल्याएको हो । ग्राहकहरूलाई सहजता प्रदान गर्नका लागि एटिएम सेवा ल्याइएको हो ।

पानबारी शाखा प्रमुख शिवशङ्कर लहुटियाका अनुसार शाखाले साना व्यवसायी, कृषक तथा निम्न आय भएका नागरिकलाई सेवा दिँदै आएको छ ।

२०७६ वैशाख ३१ गतेदेखि सञ्चालनमा आएको हो । पानबारीमा मितेरी विकास बैङ्क र निर्धन उत्थान लघुवित्त र प्राइम बैङ्कको शाखा सञ्चालनमा रहेको छ ।