लक्ष्मीमार्ग । स्कुल बस खरिद तथा ऐतिहासिक सङ्ग्रहालय निर्माणको लागी विद्यालयमा महापुराण लगाउने भएको छ ।

मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको श्री लक्ष्मी माध्यमिक विद्यालयले महापुराण लगाउने भएको हो । मङ्सिर १८ गतेदेखि २५ गतेसम्म एक हप्ता पुराण आयोजना हुन लागेको विद्यालयका प्रधानाध्यापक गोविन्द भण्डारीले जानकारी दिए । पछिल्लो समय प्रविधिमा समेत फड्को मारेको सो विद्यालय जिल्लामै नमुना विद्यालयका रूपमा स्थापित भएको छ । विद्यालयमा हाल १ हजार ५३ जना विद्यार्थी अध्ययनरत छन् ।

बस खरिदका लागि २७ लाख र ऐतिहासिक संग्राहलय निर्माणका लागि  करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान रहेको विद्यालयका प्रअ भण्डारीले बताउँछन् । ऐतिहासिक सामग्रीको सङ्ग्रहालयमा व्यवस्थित गरी सिकाई सहजीकरण गर्ने उद्देश्यले पुराण गर्न लागिएको प्रअ भण्डारी बताउँछन् ।