संखुवासभा । जिल्लाको मकालु गाउँपालिका वडा नं. ५ चौलाखर्कका शिशुको मृत्यु भएको हो ।

हर्क बहादुर तामाङको ८ महिने छोराको उपचारका क्रममा मृत्यु भएको हो । मङ्गलबार दिउँसो सवा ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकालु गाउँपालिकाको नुम प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । घरमा कोहि नभएको अवस्थामा घर नजिकै रहेको आफ्नै माछा पोखरीमा शिशु डुबेको थियो ।

करिब २ः५० बजे भएको घटना पश्चात प्रहरी खटिई गई उपचारको लागि नुम ल्याईएको थियो । नुम प्रहरी चौकीदेखि घटना स्थल पुग्न करिब ७ कि.मी. दुरी रहेको छ । लासको पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याईदै छ ।