विजयपुर/ धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस हाताभित्र एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
शनिबार अन्दाजी ५० वषीय सुकविर तामाङ क्याम्पस हाताभित्र मृत अवस्थामा फेला परेका हुन् । मृतक व्यक्तिको क्याम्पस नजिककै घर रहेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरका अनुसार सुकविर तामाङ चिनिने व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । डिएसपी कुवँरले भने, ‘शवलाई पोष्टमार्टमका लागि बीपी प्रतिष्ठान लगिएको छ । अनुसन्धान कै प्रक्रियामा भएकाले के कति कारणले मृत्यु भएको भन्ने खुलि सकेको छैन ।’ शवमा कुनै चोटपटक नभएको डिएसपी कुवँरले बताए ।
उनका अनुसार शव घोप्ट अवस्थामा भेटिएको थियाे । स्थानीयका अनुसार करिब एक महिना अघि मात्रै उनकी श्रीमतिको मृत्यु भएको थियो । श्रीमतिको मृत्यु भएपछि उनको व्यवहार असामान्य थियो । उनी ३ दिनदेखि हराइ रहेका थिए ।
बिहीबार बेलुका क्याम्पस हाताभित्र आएका भन्ने सुनेको तर खाेजतलास गर्दा नभेटिएकाे क्याम्पस सुरक्षा गार्डले बताएको छ । नभेटिए पछि क्याम्पसको सबैतिरबाट निस्कने ठाउँ भएकाले निस्कियो होला भनेर खोजिएन सुरक्षा गार्डले भन्याे । तर, ३ दिनपछि क्याम्पस हाताभित्र भेटिएको हो ।