भद्रपुर । वडाका ५६ जना अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ  ।

बिर्तामोड नगरपालिका ८ नम्बर वडा कार्यालयले अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा वितरण गरेको हो ।

वडाका नागरिकलाई जाडो ,उपचार ,खान र बस्न समस्या नहोस् भनेर एक लाख मूल्य बराबरको सामग्री वितरण गरिएको वडाध्यक्ष अजय कार्कीले बताए । नागरिकलाई कुनै समस्या परे सहयोग गर्न वडाबाट सकिएन भने ब्यक्तिगत भएपनि सहयोग गर्ने उनले बताए । यो सहयोग चै वडाको बजेटबाटै गरिएको उनले बताए । न्यानो कपडा पाएसंगै उनीहरुले खुशी ब्यक्त गरेका थिए । 

यसअघि पनि वडाका १५ जना विरामीलाई गएको दशै नजिकै जनही ५ हजारका दरले वडा कार्यालयले उपचार खर्च सहयोग गरेको थियो ।