यासोक । पाँचथरको फिदिम यासोक—सडक सुचारु भएको छ । बर्षादका कारण सिवा र निबुखोलाले पुलमा क्षति पुर्याएपछि सवारी आवत जावत ठप्प भएको थियो । बाढीले क्षति पुर्याएको पक्की पुल मध्य पहाडी पुस्पलाल लोकमार्गले मर्मत सम्हार गरेसंगै सवारी साधन सुचारु भएको हो ।
सोमवारदेखि कार्यालयले दुईवटा स्काभेटर प्रयोग गरी पुल मर्मत गरेको थियो । मर्मतमा जुटेको दुई दिनपछि बुधबारबाट पुल संचालनमा आएको छ । गत शनिवार बाढी र पहिरो प्रभावित क्षेत्रको अनुगमन र निरिक्षण गर्दै पाँचथरका पूर्व मन्त्री तथा सङ्घीय सांसद बसन्तकुमार नेम्बाङले सम्बन्धित निकायलाई तत्काल पुल मर्मत गर्न निर्देशन दिएका थिए ।
लगतै मध्य पहाडी पुस्पलाल लोकमार्गले पुल मर्मतको काम सोमवारदेखि थालेको थियो । खोलाको धार परिवरर्तन गरी पुलमा क्षति पुर्याएको थियो । फिदिम यासोक सडकमा सवारी साधन संचालन आएसंगै कुम्मायक, फाल्गुनन्द र तुम्बेवा गाउँपालिकाका नागरिकले राहत महसुस गरेका छन । बर्षादको कारण यासोक—उत्तरे र यासोक—मुलघाट सडक अबरुद्ध छ । दुबै सडक अबरुद्ध हुदा स्थानीयले यासोक—फिदिम सडक प्रयोग गर्दै आएका छन ।