वराहक्षेत्र । चतरा ब्याडमिन्टन क्लबको आयोजनामा वराहक्षेत्र नगरपालिका–२ मा प्रथम चतरा नकआउट ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । 

सोमबार सम्पन्न मेन्स डबल्स फाइनलमा हेमराज घिमिरे र उमेश बरुवालको टिम च्याम्पियन बनेको छ । प्रतिद्वन्दी रणवीर र रिवस दाहालको टिमलाई २०–१९, २५–२४ र २५–२४ को सेटमा हराएको छ । 

२ नम्बरका वडाध्यक्ष हरिकृष्ण भट्टराई र जल विद्युत् केन्द्र चतराका प्रमुख मोहम्मद सफिकले नगद ५ हजार र उपविजेता लाई २ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिएको चतरा ब्याडमिन्टन क्लबका अध्यक्ष रोशन श्रेष्ठले बताए ।

आइतबारदेखि चतरा जल विद्युत् केन्द्रको ब्याडमिन्टन कोर्टमा सम्पन्न खेलमा ११ टिम सहभागी थिए ।