धरान । सिरहाको गोलबजार नगरपालिकामा आसोज १५ र १६ गते भएको तेस्रो गोलबजार उपप्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको छ ।
धरानले तेस्रो स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाण–पत्र हात पारेको छ । सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई तेस्रो भएको जनाउँदै शिल्ड र प्रमाण–पत्र हस्तान्तरण गरेका छन् ।
सुनसरी जिल्ला कराते सङ्घका अध्यक्ष कुवेर राईका अनुसार प्रतियोगितामा पुरुषतर्पmको कातामा विवेक राई प्रथम भए भने महिलातर्फ रेणु राई तेस्रो भइन् ।
पुरुषतर्फ ६० केजी तौल समूहमा सन्तोष शर्मा प्रथम हुँदै उत्कृष्ट खेलाडी समेत घोषित भए ।पुरुषतर्फ ६७ केजी तौल समूहमा रोहित बास्कोटा प्रथम भए भने महिलातर्फ ५५ केजी तौल समूहमा रेणु राई दोस्रो भइन् ।
६० केजी तौल समूहमा रिया राई र ६८ केजी तौल समूहमा जेनिशा राई दोस्रो भए । यस्तैगरी ५० केजी तौल समूहमा रविन मगर, ३० केजी तौल समूहमा पिसिएस विक, ३५ केजी तौल समूहमा अनिशा तामाङले तेस्रो स्थानमा चित्त बुझाए ।
































