धरान । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ ।

श्रीलंकासँग भएको सोमबारको खेलमा नेपालले ३–२ गोलअन्तरले पराजित गरेको हो । नेपालले २२ वर्षपछि श्रीलंकालाई हराएको हो । नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो । 

खेलको ३३ औं मिनेटमा सुमन लामाको गोलबाट अग्रता लिएको थियो । त्यस्तै ५१ औं मिनेटमा अञ्जन विष्टले गोल गरे । यता श्रीलंकाले ५७ औं मिनेटमा मार्भिन हामिल्टनले गोल गरे । ८६ औं मिनेटमा आयुष घलानले गोल गर्दै जित निकाले । श्रीलंकाले अन्तिम समयमा पाएको पेलान्टी गोललाई डी सिल्भाले गोल गरे पनि जितका लागि पर्याप्त भएन । 

नेपालले यसअघि आयोजक देश माल्दिभ्सलाई हराएको थियो । यो जितसँगै नेपालको अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । नेपालले ६ अंक बटुल्न सफल भएको छ । दोस्रो स्थानमा बंगलादेश छ । उसले ४ अंक बनाएको छ । सोमबार सम्पन्न खेलमा बंगलादेशले साफ विजेता भारतलाई १–१ गोलको बराबरीमा रोकेसँगै दोस्रो स्थानमा उक्लिएको हो ।

यसपटकको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा भइरहेको छ । राउन्ड रोबिन लिगका आधारमा भइरहकाले सबै देशबीच खेल खेलिसकेपछि शीर्ष दुईबीच उपाधिका लागि भिडन्त हुनेछ ।