बेलबारी/ बेलबारी ११ लक्ष्मीमार्गस्थित सोमबारदेखि दोस्रो नकआउट फुटबल हुने भएको छ ।

युनिक महादेव क्लवको आयोजना हुने उक्त प्रतियोगितामा झापा, मोरङ र सुनसरीका दस टिम सहभागी रहने आयोजक समितिका कोषाध्यक्ष सचिन राईले जानकारी दिए ।

असोज २५ गते सम्म युनिक चोक खेलमैदानमा हुने उक्त नकआउट फुटबलको बिजेता टिमले नगद ३०हजार सहित मेडल, ट्रफि र उपबिजेता टिमले नगद २० हजारसहित मेडल, ट्रफि पाउने समितिका कोषाध्यक्ष सचिन राईले जानकारी दिए ।