धनकुटा । धनकुटामा लामो समय पछि म्याराथन दौड प्रतियोगीता आयोजना गरिएको छ । विश्व मुटु दिवशको अवसर पारेर पुर्व प्रहरीहरुको संस्थाले म्याराथन दौड प्रतियोगीता आयोजना गरेको हो ।

धनकुटा नगरपालिका वडा नं.७ बसपार्कबाट शुरु भएको म्याराथन दौड प्रतियोगीता सब्जी लाईन, चुलिवन, डाँडागउँ, मदन चोक, भिमनारयण चोक, माथिल्लो कोप्चो, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर टुङ्गिएको थियो ।

दौड प्रतियोगीतामा पुरुषतर्फ वरखगण सल्लेरीका नेपाली सेना रोशन तामाङ प्रथम, सबिन राई द्धितिय र शुसिल लिम्वु तृतिय भएका छन् । त्यसैगरी महिला तर्फ नेपाली सेनाकै तर्फबाट रेणुका तामाङ प्रथम, मन्दिरा तामाङ द्धितिय र एलिना लिम्वु तृतिय भए । म्यारथन दौडमा ६ महिला र ३० पुरुष गरी जनाले जम्मा ३६ जनाले भाग लिएका थिए ।

पुरुषतर्फ प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई ४ हजार र तृतिय हुनेलाई ३ हजार नगद प्रदान गरिएको थियो । त्यसैगरी महिला तर्फ प्रथम हुनेलाई ४ हजार, द्धितिय हुनेलाई ३ हजार र तृतिय हुनेलाई २ हजार नगद प्रदान गरिएको पुर्व प्रहरीहरुको संस्था धनकुटाका अध्यक्ष योगेन्द्र कार्कीले ब्लाष्टलाई जानकारी दिए ।

प्रतियोगीताका विजेताहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र पुर्व डिआईजी दिनेश आमत्यले नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

mutu-dkt