वराहक्षेत्र / वराहक्षेत्रको चतरामा जारी प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताको हिजो भएको खेल जित्दै एभरेष्ट फुटबल क्लव,वराहक्षेत्र,३ नडाहा सेमिफाईनलमा प्रवेश गरेको छ ।

ईटहरी फुटवल क्लव लाई ३–० गोलले हराउँदै एभरेष्ट क्लवले सेमिफाईनलको यात्रा तय गरेको हो । 

खेल शुरु भएको १३ मिनेटमा संजय श्रेष्ठले पहिलो गोल गर्दै जितको खाता खोलेका थिए । मध्यान्तरपछि लगातार दबाब बनाएको एभरेष्टका अर्का अनिस लिम्बुले खेलको ३६ मिनेटमा थप १ गोल गरेर टिम लाई अग्रता दिलाएका थिए ।

 लगत्तै अर्को ५ मिनेटमा कप्तान युवराज श्रेष्ठले निर्णायक तेश्रो गोल गरि जित पक्का गरेका थिए । फाईनल प्रवेशको लागि एभरेष्टले १५ गते हुने अन्तिम सेमिफाईनल खेल, हाटखोला फुटवल क्लब वराहक्षेत्र–२ संग खेल्ने छ  ।

खेलको म्यान अफ द म्याच घोषित भएका संजय श्रेष्ठलाई सुरेन्द्र श्रेष्ठले नगद १ हजार तथा ट्रफि प्रदान गरे । 

प्रतियोगिताको आज हुने पहिलो सेमिफाईनल खेल जेएसवाइसी सुन्दरहरैंचा र ग्रीन कल्चर फुटवल क्लव वराहक्षेत्र–६ चक्रघट्टीका विच हुने सचिव दिनेश राईले बताए ।