वराहक्षेत्र/वराहक्षेत्रको चतरामा जारी प्रथम चतरा नकआउट फुटवल प्रतियोगिताको मंगलबार भएको खेलमा जेएसवाइसी सुन्दरहरैंचा विजयी बनेको छ ।

उदयपुरको बेलका नगरपालिकाको पञ्चकन्या फुटबल क्लबलाई २–० गोलले हराउ“दै जेएसवाइसी विजयी बनेको हो ।

जेएसवाइसीका डगेन राई र बिवेस गुरुङ्गले गोल गरे । खेलका म्यान अफ दी म्याच जेएसवाइसीका बिवेस गुरुङ्ग घोषित हुँदै इनु शेर्पाले नगद १ हजार रुपैयाँ र ट्रफी प्रदान गरिन् । 

प्रतियोगिताको बुधवार हुने क्वार्टरफाइनल खेलमा इटहरी फुटबल क्लब र एभरेष्ट फुटबल क्लब वराहक्षेत्रबीच हुने आयोजक चतरा फुटबल क्लबका सल्लाहकार रोशन श्रेष्ठले जानकारी दिए ।