धरान । च्यारिटेबल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको उपाधि एसपिसी धरानले जितेको छ ।

मंगलबार सम्पन्न फाइनल खेलमा एसपिसीले ग्याटिस टिम माथि ५–० गोलले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै नगद एक लाख ११ हजार १ सय एघार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारे । 

सर्वाधिक गोलकर्ता एसपिसिका अर्जुन भण्डारीलाई नगद २५ सय प्रदान गरिएको छ । उत्कृष्ट खेलाडि ग्याटिसका समिर गुरुङ्ग र उत्कृष्ट गोलकिपर उपाधि एसपिसिका सारंश भट्टराईले जित्दै नगद २५ सय रुपैयाँ पाए ।

विजेता टिमलाई मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राई, प्रमुख अतिथि अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय प्रथम उपाध्यक्ष, एन्फा केन्द्रीय सदस्य एवम् पूर्व प्रवक्ता किरण राईलगायतले पुरस्कार वितरण गरेको छ ।