वराहक्षेत्र/वराहक्षेत्रको चतरा खेल मैदानमा जारी प्रथम चतरा नकआउट फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा हाटखोला फुटबल क्लब वराहक्षेत्र विजयी बनेको छ । 

राजाबास फुटबल क्लब वराहक्षेत्रलाई २–१ गोलअन्तरले हराउँदै हाटखोला विजयी बनेको हो । खेलमा हाटखोलाका खेलाडी राहुल राई र दिपेश तामाङले १–१ गोल गरे भने विमल राईले एक गोल गरे । 

खेलका म्यान अफ द म्याच दिपेश तामाङ घोषित हुँदै नगद १ हजार रुपैयाँ पाए । प्रतियोगिताअन्तर्गत मंगलबार पञ्चकन्या फुटबल क्लब बेलका र जे.एस.वाई.सी सुन्दरहरैचा मोरङबीच भिडन्त हुने क्लबका सल्लाहकार रोशन श्रेष्ठले बताए ।