वराहक्षेत्र / सुनसरीको वराहक्षेत्र नगरपालिकाको चतरामा असोज १० गतेबाट प्रथम चतरा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा मोरङ्ग, उदयपुर र सुनसरीका ८ टिम सहभागि हुने, चतरा फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

फुटबलमा आयोजक चतरा फुटबल क्लब, ग्रीन कल्चर, पञ्चकन्या फुटबल क्लब, जे.वाई.सी सुन्दर हरैंचा, हाटखोला, राजावास, इटहरी र एभरेष्ट फुटबलल क्लब भिडन्त गर्दैछन् ।

विजेतालाई नगद धनराशि ४५ हजार र उपविजेतालाई नगद २० हजार र ट्रफि प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राजकुमार राईले बताए ।

प्रतियोगिताको व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट सर्वाधिक गोलकर्ता, गोलकीपर र रक्षापंक्तिका खेलाडीलाई पुरस्कार दिईने छ । १ लाख ९३ हजार रुपैंया बजेट रहेको प्रतियोगितालाई वैदेशिक रोजगारीमा रहेका युवा तथा स्थानिय संघसंस्थाले सहयोग गरेका छन् ।

समाजमा बढुदै गएको लागूऔषध दुव्र्यसनलाई घटाउन खेल महत्पूर्ण हुने भएकोले चतराका युवाहरुमा खेल भावनाको विकास गरी उनीहरुलाई रचानात्मक बनाउँने र आधुनिक खेल मैदानको निर्माण प्रतियोगिताको उद्देश्यकोरहेको सल्लाहकार रोशन श्रेष्टले बताए ।

स्थानिय वार्ड नं १ चतरा खेलमैदानमा हुने फुटबलको असोज १७ गते समापन हुने सचिव दिनेश राईले बताए ।