पथरी / मदन भण्डारी स्पोर्ट एकेडेमी कानेपोखरी र रमाइलो युवा परिवारले खेलाडीहरुलाई संयुक्त रुपमा खेल सामाग्री वितरण गरेको छ । 

सोमबार रमाइलोमा एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई फुटबल जर्सी र फुटबल वितरण गरेको हो । मदन भण्डारी स्पोर्टस एकेडेमी कानेपोखरीका संयोजक जीवन लिम्बु र रमाइलो युवा परिवारका अध्यक्ष नविन पौडेलले संयुक्त रुपमा खेलाडीहरुलाई जर्सी र फुटबल हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका खेलकुद परिषदका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष चरण गुरुङ, एकेडेमीका संयोजक लिम्बु र क्लबका अध्यक्ष पौडेलले मन्तव्य राखेका थिए । बक्ताहरुले फुटबल खेलाडी तथा अन्य खेलाडीहरुको समस्या तत्काल हल गर्ने प्रतिवद्धता गर्दै खेलाडी उत्पादन र संरक्षण गर्न एकेडेमी र क्लबको महत्वपुर्ण भूमिका रहने बताउँदै खेलाडी एकजुट हुनुपर्ने आग्रह गरेका थिए । 

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल कानेपोखरीका संयोजक अशोक फुयल, वडा नम्बर ७ का एमाले पार्टी अध्यक्ष हरि न्यौपाने लगाएत अतिथि रहेका थिए । मदन भण्डारी स्पोर्ट एकेडेमी कानेपोखरी सचिव राजकुमारी तामाङ र रमाइलो युवा परिवारका सचिव एविन पाठकले कार्यक्रम संचालन गरेका थिए ।