कोरोना सङ्क्रमणका कारण थलिएको गाउँको फुटबल खेल उकास्नका लागि वराहक्षेत्रका युवा सकृय भएका छन् ।
सङ्क्रमण केही मत्थर भएपछि युवाहरुले 'वार्म अप' सुरु गरेका छन् ।
20210911_162058खेलमा उत्साह थप्नका लागि कुवेतमा रहेका वराहक्षेत्रका खेलप्रेमी चन्द्र लिम्बू (गुना) ले १६ सेट जर्सी प्रायोजन गरिदिएका छन् ।
मलेसियामा रोजगारीका लागि गएका आकाशहाङ राईले स्वर्गीय बुवा गम्भीरध्वज राईको नाममा १६ सेट जर्सी पठाइदिएका छन् ।
शनिबार २२ बीघे फुटबल ट्रेनिङ सेन्टर खेल मैदानमा ए डिभिजन पूर्व खेलाडी तथा युवा व्यवसायी रोशन श्रेष्ठ, खेलकुद महासङ्घका केन्द्रीय सदस्य तथा नगर खेलकुद विकास समिति सदस्य अरुण राई, खेलकुद महासङ्घका जिल्ला सदस्य अच्युत खड्का, नगर खेलकुद विकास समितिका पूर्व अध्यक्ष दिनेश खम्बू, पूर्व खेलाडी प्रवीण राई, पत्रकार हिमाल राईलगायतले खेलाडीलाई जर्सी हस्तान्तरण गरे ।
20210911_162201हाटखोला फुटबल क्लबले खेल प्रशिक्षण र प्रतियोगिता नियमित गर्ने कार्ययोजना बनाएको प्रशिक्षक आकाश राईले बताए ।
२२ बीघे फुटबल ट्रेनिङ सेन्टर ग्रामीण क्षेत्रबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने 'प्लेटफर्म' का रुपमा विकास भइरहेको एन्फाले प्रवर्द्धन गरिरहेको सामुदायिक  प्रशिक्षक सूर्य तुम्बाहाम्फेको भनाइ छ।
20210911_162255राष्ट्रिय खेलाडीहरु पवित्रा राई, मुना मगर, मनिषा विष्टलगायतका महिला खेलाडी र ए डिभिजन खेल खेल्ने आकाश राईलगायत बी डिभिजन खेल्ने थुप्रै खेलाडी २२ बीघे ट्रेनिङ सेन्टरबाटै उत्पादन भएको क्लबका सचिव रोहित साहले जानकारी दिए । 20210911_162352