धरान । हिमालयन मेघा थ्री बाइ थ्री एकदिवसीय प्रतियोगिताको उपाधि ‘यलम्बर ब्लू’ ले जितेको छ । 

धरान बास्केटबल सङ्घको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा यलम्बरले सियोन स्कुललाई १७–९ अङ्कले पराजित गर्दै उपाधि जितेको हो । १८ वर्ष मुनीका खेलाडीहरूबीच खेलाइएको प्रतिस्पर्धामा यलम्बरका स्पल तामाङले व्यक्तिगत १० अङ्क जोडे । खेलको सर्वाधिक महत्त्वपूर्ण खेलाडीको उपाधि पनि उनैले हात पारे । 

विजेता उपविजेता टिमलाई बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, हिमालयन मेघा कलेजका प्राचार्य भाष्कर पौडेल, इमानुयल बोर्डिङ स्कुलका अध्यक्ष एवम् प्रिन्सिपल प्रभास राजवंशीले पुरस्कार वितरण गरे । विजेता टिमलाई ट्रफी, मेडल र प्रमाण पत्र दिइएको थियो । प्रतियोगितामा धरान र तरहराका गरी १५ टिम सहभागी बनेका थिए ।