स्पेनको अपराजित यात्रामा स्वीडेनले पूर्णविराम लगाइदिएको छ ।  

स्पेनमाथि २–१ जित दर्ता गरेको स्विडेनले तीन खेलमा सत प्रशित नजिता यात्रालाई निरन्तरता दिएको छ भने कतार विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत समूह ‘बी’मा भोगेको यो हारसँगै प्रतियोगितामा कायम गर्दै आएको ६६ खेलको अपराजित यात्रामा स्पेनले पूर्णविराम बेहोर्नु परेको छ ।

स्विडेनका तर्फबाट डेजान कुलुसेभस्की र एलेक्जेन्डर इसाकले गोल गरे । मध्यान्तरसम्म १–१ को बराबरीमा रहेको खेललाई कुलुसेभस्कीले निर्णायक गोल गरे । 

जितपछि स्विडेन नौं अङ्कका साथ समूहको शीर्ष स्थानमा कायम रहँदा एक खेल बढि खेलेको स्पेन सात अङ्कका साथ दोस्रो स्थानमा छ । 

स्विडेनले विश्वकप छनोट खेलमा स्पेनमाथि १९९३ पछि पहिलो जित दर्ता गरेको हो । युरो २०२० मा दुई टिमले गोलरहित बराबरी खेलेका थिए । बिहीबार भने घरेलु मैदानमा स्विडेनले समर्थकको उत्साह पाएको थियो ।