१ सय १० औं स्थानमा सिमित रहेको इस्टोनियाले फिफा विश्व वरियताको शीर्ष टिम बेल्जियममाथि तेस्रो मिनेटमै अग्रता लिए पनि रोमेलु लुकाकु चम्किंदा इस्टोनियामाथि बेल्जियमले ५–२ को सहज जित दर्ता गरेको छ ।  

कतार विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटको समूह ‘इ’ को खेलमा गए राति इस्टोनियाका लागि माटियास केइटले गोल गर्दै अग्रता दिलाएका थिए । 

बेल्जियमले हान्स भानाकेनको हेड तथा लुकाकुको गोलमार्फत पहिलो हाफमा बराबरको स्थितिमा फर्कायो । भानाकेनको पासमा गोल गर्दै ५२ औं मिनेटमा लुकाकुले बेल्जियमलाई ३–१ ले अघि बढाए । एलेक्स विट्सेलले ६५ तथा थोमस फोकेटले ७६औं मिनेटमा बेल्जियमका लागि थप दुई गोल गरे । 

इरिक सोर्गाले समय सकिन सात मिनेट बाँकी रहँदा इस्टोनियाका लागि अर्को सान्त्वना गोल फर्काएका थिए । 

चार खेलमा १० अंक जोडेको बेल्जियम समूहको शीर्ष स्थानमा छ । बेलारुसमाथि १–० को जित हासिल गरेको चेक गणतन्त्र दोस्रो स्थानमा छ । दुई खेलमा तीन अंक जोडेको वेल्स तेस्रो स्थानमा छ भने तीन खेलमा तीन अङ्क बटुलेको बेलारुस चौथो स्थानमा छन् । इस्टोनियाले अङ्क बटुल्न सकेको छैन ।