यासोक / कालो पत्रे सडक अलपत्र पारेको आरोप खेप्दै आएको लामा च्याङमिला जेभी काममा फर्किएको छ । पाँचथरको कुम्मायक गाउँपालिका स्थीत फिदिम—यासोक सडकमा कालो पत्रेको काम गर्दै आएको ठेकेदार कम्पनी काममा फर्किएको हो ।

गत भदै ३ गते गाउँपालिकाको कार्यालयमा उपस्थीत भएको ठेकेदार कम्पनीले ५ गतेदेखि काम सुरु गरेको बताएको छ । कार्यालयमा बसेको जनप्रतिनिधि र निर्माण पक्ष वीचको बैठकमा काम गर्ने प्रतिवद्धता जनाएको हो । सडक मर्मत सम्हारको समयमा आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको ठेकेदार कम्पनीले जनाएको छ । 

वर्षादको समयमा खाद्यन्य, ऐम्बुलेन्स र अन्य सवारी सवारी साधन संचालनमा कठिनाई भएको भन्दै आलोचना बढ्न थालेपछि ठेकेदारले योजनाको काम सुरु गरेको हो ।

sadak 1

“सवारी साधन संचालनमा कठिनाई भएको स्थानमा तत्काल मर्मत सम्हार गरी सवारी साधन संचालनमा ल्याउँने निर्माण व्यवसायी दिनेश क्षेष्ठले बताए । सडक मर्मत सम्हार गर्ने क्रममा समस्या पैदा भए गाउँपालिकालाई समन्वय र सहजीकरण गर्न आग्रह गरिएको श्रेष्ठको भनाइ छ ।

यता गाउँपालिकाले निर्माण कम्पनीलाई सबै किसिमिको सहयोग गर्ने बताएको छ । “कालो पत्रेको काम हुदै आएको सडकमा गाउँपालिकाले पुन ः लगानी गर्न समस्या भएको भन्दै सवारी आवागमनलाई सहज बनाउँन आग्रह गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

फिदिम यासोक सडक खण्ड अन्तर्गत यासोक—सरखण्डे सडकको ११ दशमलव ३ सय १० किलोमिटर सडकमा कालो पत्रेको काम हुदै आएको छ । प्रदेश १ सरकारको ५३ करोड ३३ लाख ६ हजार ४ सय ८१ रकममा ठेकेदार कम्पनीले काम गर्दै आएको छ ।

२०७६ सालदेखि २०७८ असारमा काम पूरा गर्ने गरी ठेक्का पाएको ठेकेदार कम्पनीले तोकिएको समयमा समयमा योजना  पुरा गर्न नसकेपछि पुन: ६ महिनासम्म म्याद थप गरी काम गर्दै आएको छ ।