यासोक/ पाँचथरको कुम्मायक गाउँपालिकामा विपन्न समुदायका ५१ घरधुरी फुसको मुक्त भएका छन । वडाको चालु आर्थिक वर्ष २०७७/०७८ को २३ लाख रकमबाट “विपन्न परिवार जस्तापाता वितरण” कार्यक्रम मार्फत ५१ घरधुरीलाई फुसको छानो मुक्त गरिएको हो ।

गाउँपालिकाको तीन वटा वडाले बजेट विनियोजन गरी ५१ घरधुरीमा जस्तापाता बितरण गरेका हुन । १ नम्बर वडाको १० लाखबाट २५ घरधुरी ३ नम्बरको ३ लाखबाट ६ घरधुरी, ५ को ९ लाख रकमबाट २० घर गरी २३ लाख रकमबाट ५१ घरधुरी फुसको छानो मुक्त भएका छन ।

वर्षेनी फुसको छानो मुक्त गर्न वडामा बजेट बिनियोजन गरी कार्यक्रम संचालन गर्दै आएको १ नम्बर वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । 

यता गाउँपालिकाको सबै वडामा संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम पनि संचालन हुदै आएको छ । जस अन्र्तगत ५ सय ३४ घरधुरी फुसको छानो मुक्त भएको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ७७ मध्ये ४ सय ९४ घरधुरी फुसको छानो मुक्त भएका छन । गत वर्षको ४० घरधुरी गरी हालसम्म ५ सय ३४ घरधुरीले फुसको छानो मुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले बताए ।