धनकुटा। जिल्ला सदरमुकाम धनकुटामा होटल व्यवसाय गर्दै आएको भुलन शाहाको कोभिड संक्रमणको कारण उपचारको क्रममा सोमबार विहान सवा ६ वजे कोशी अञ्चल कोभिड हस्पिटल विराटनगरमा निधन भएको छ ।

धनकुटामा होटल व्यावसाय गर्ने मध्येका तराई मुलका पुराना व्यवसायीको रुपमा परिचत होटल संचालक भुलन शाहालाई ७ दिन अघि कोभिड पोजेटिभ देखिएको थियो । शाहालाई कोभिड पोजेटिभ भएपछि धनकुटा–६ स्थित् औधोगिक ग्राममा रहेको क्वारेन्टाईनमा उपचारको लागी राखिएको थियो ।

तर एक्कासी सुगर वढेकाले उपचारमा समश्या उत्पन्न भएपछि जिल्ला अस्पताल धनकुटाका डाक्टरहरुले थप उपचारको लागी कोशि अञ्चल कोभिड अस्पताल विराटनगरमा रेफर गरेका थिए । हेर्दा भुलनको ज्यान राम्रो देखिए पनि सवै जााच गर्दा छातीमा निमोनिया भै सकेको थियो । 

उनको सुगर अत्याधिक वढेको र जति पनि औषधी प्रयोग गर्दा पनि डाउन नभएपछि अन्यत्र रेफर गरिएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले ब्लाष्टलाई बताए ।  

सुगरको उच्च भएका कारण सुगर नियन्त्रणमा नआएको कारण उपचारको क्रममा भुलनको मृत्यु भएको कोभिड अस्पताल विराटनगरमा कार्यरत एक चिकित्सकले बताए ।  वि.सं.२०३८ सालमा पहिलो पटक धनकुटा हिलेमा आएर भुलनले होटल व्यावसाय गरेका थिए ।

वि.सं.०४५/०४६ साल देखी नियमित रुपमा धनकुटा झरेर मदनचोकमा भुलन होटल संचालन गरेका थिए । अहिले भने चुवाको वोटमा होटल गर्दै आएका थिए ।

१ छोरा, ३ छोरी र एक श्रमितीको साथ स्वर्गिय भुलन शाहा धनकुटामा जीवन यापन गर्दै आएका थिए । उनको मृत्युको खवर धनकुटा घर भै कोशि अञ्चल कोभिड अस्पतालमा कार्यरत एक चिकित्शकले पुष्टी गरेका छन् ।

मदनचोकमा फेन्सी व्यावसाय गर्दै आएका खेम घिमिरेले पनि भुलन शाहाको कोभिड संक्रमण विरुद्ध उपचारको क्रममा मृत्यु भएको बताएका छन् । उनले धनकुटाको एक पुराना तराई मुलका सहयोगी मनका व्यावसायीको निधन भएको भन्दै दुःख समेत व्यक्त गरेका छन् ।

उधोग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले धनकुटाका एक कुशल होटल व्यवसायीको कोरोना संक्रमणको कारण निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले भुलन शाहाको निधनले धनकुटाको उधोग व्यावसायमा ठूलो क्षति पुगेको औल्याउँदै मृत आत्माको चिरशान्तीको कामना गरेका छन् ।