यासोक / पाँचथरका मकै उत्पादक किसानहरुले वर्षेनी मार खेप्र्दै आएका छन । वर्षेनी खडेरी, फैजी किरा र हावाहुरीको प्रकोपसंग किसान संर्घष गर्न बाध्य छन । मकैको  बिरुवा हुर्काउन देखि फल लाग्ने सयमसम्म किसानले ठुलो संघर्ष गर्नु परेको छ ।

किसानको मुख्य बाली मकै यो वर्ष पनि हावाहुरीका कारण बारीमै नष्ट भएपछि जिल्लाको कुम्मायक गाउँपालिकाका किसान मारमा परेका छन । कुम्मायक— ५ का लालबहादुर पौड्याले ३५ रोपनी क्षेत्रपलमा मकै लगाए । गोड्ने समयको बिरुवामा फैजी किराको प्रकोप सहनु पर्यो ।

किरा रोकथाम गर्न उनलाई हम्मेहम्मे परेको थियो । फौजी किरा नष्ट गरी मकै जोगाउँन सफल उनि पुन ः दुखि भएका छन ।  केही दिन अघि आएको हावाहुरीको कारण ३५ रोपनी मध्ये २० रोपनी मकै नष्ट भएपछि पौड्याल चिन्तित भएका हुन । 

उनिभन्छन् “पहिले पहिले मकै उत्पादन राम्रो हुन्थ्यो, वर्ष भरी खान पुग्थ्यो, रोग ब्याद लाग्दैन थ्यो् तर अहिले खडेरी, किरा र हावाहुरीबाट मकै जोगाउँनै गाह्रो पर्न थालेको छ ।

वर्षभरी खाने अन्न बारीमै नष्ट भएपछि समस्या भएको उनले बताए । बारीमै पाक्न लागेको मकै सोत्तर भएर लडेपछि उनि जस्तै कम्मायक —३ का अर्का किसान रिखिलाल खनाल पनि चिन्तित छन ।

पानीसंगै आएको हावाहुरीका कारण खनालको ४५ रोपनी क्षेत्रफलमा लगाएको मकै नष्ट भएको छ । तमोर टटीय क्षेत्रका किसानको मुख्य बाली मकै हो । मकैबाटै आर्थिक आयआर्जन गर्दै आएका किसान हावाहुरीकै कारण वर्षभरीको कमाई नष्ट भएपछि कसरी गर्जो टार्ने ? भन्ने चिन्तामा पुगेका छन । 

कुम्मायक र तुम्बेवा गाउँपालिकाका तमोर टटीय क्षेत्रको सयौं हेक्टरमा लगाएको मकैबाली नष्ट भएको छ । वर्षभरीको कमाई बारीमै नष्ट भएपछि किसानले स्थानीयतहसंग राहतको माग गर्न थालेका छन ।

यता सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभामा निर्वाचित पूर्व मन्त्री इन्द्रबहादुर आङ्वोले किसानको पीडा प्रति चासो देखाएका छन । उनले यस्तो माहामारीको समयमा मकै बारीमा भएको क्षति दुखत रहेको भन्दै संघ, प्रदेस र स्थानीयतहसंग किसानलाई राहत उपलब्ध गराउँन माग समेत गरेका छन । 

हावाहुरीका कारण मकैबाली नष्ट भएको भन्दै किसानले गाउँपालिकामा गुनासो गर्न थालेकोे गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

उनले किसानलाई परेको समस्याको बिषयमा कार्यपालिका बैठकमा छलफल गरी निर्णयमा पुग्ने बताए । यस अघि पनि मकैबालीमा लाग्ने फौजी किरा नियन्त्रण गर्न किट्नाषक बिषादी बितरण गरेको स्मरण गर्दै उनले कुन—कुन क्षेत्रमा बढि क्षति भएको छ ।

सो स्थानको अनुगमन र निरिक्षण गरी के गर्न सकिन्छ ? त्यो बिषयमा चाँडै निष्र्कषमा पुग्ने अध्यक्ष चेम्जोङले बताए ।