पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे स्वास्थ अवस्थालाई लिएर मात्रिका यादवले अभिव्यक्ति संसदकाे रेकर्डबाट हटाउन सभामुखले रूलिङ गरेका छन् ।
बिहिबार माओवादीका संसद यादवले प्रतिनिधि सभामा ओलीकाे स्वास्थ अवस्थाका बारेमा अमर्यादित र नियमावली विपरित अभिव्यक्ति दिएकाे भन्दै सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार बसेकाे बैठकमा उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
यसअघि बिहिबारपनि एमालेका संसदले सदनकाे रेकर्डबाट हटाउन माग गरेका थिए । तर सभामुख सापकाेटाले आफ्नाे ध्यानार्कषण भएकाे बताएपनि शुक्रबार सो अभिव्यक्ति हटाउन माग गर्दै एमाले संसदरूले आपत्ति जनाएका थिए ।
प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ एमाले सांसदहरु उठेपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिए ।
भट्टराईले यादवले एमाले संसदीय दलका नेता तथा पूर्व प्रधामन्त्री ओलीको स्वास्थ्यलाई लिएर दिएका अभिव्यक्ति असंसदीय भएको र कुनै हालतमा स्वीकार्य नहुने भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।