मंगलबार संसद बैठकलाई सम्बोधन गरेका एमाले संसदीय दलका नेता प्रमुख विपक्षी केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रमलाई ‘सडकतिर बाँडेको कागज’ भनेर टिप्पणी गरेका छन् ।
एमाले संसदीय दलका नेता ओलीले भने, ‘कस्तो राम्रो तरिका ! प्रमुख प्रतिपक्षलाई धम्क्याएर राष्ट्रिय सहमति ‘.।’ उनले अहिले सरकार र प्रतिपक्षी दलबीच सम्वादहीनताको स्थिति रहेको बताए ।
सरकारको साझा न्यूनतम कार्यक्रमतर्फ संकेत गर्दै सडकतिर बाँडेको कागजको संज्ञा दिए र त्यसमा प्रतिपक्षलाई सरापेर राष्ट्रिय सहमतिका लागि पहल गर्ने उल्लेख गरिएको उनले बताए ।