पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफु देश र जनाताका लागी जन्मिएकाे बताउदै असाधारण जनमतका साथ मूलढोकाबाट पुनः शक्तिमा आउने बताएका छन् ।
प्रधानमन्त्रीबाट हटेपछि पहिलाेपट प्रतिनिधि सभा बैकठमा बेल्दै अदालतकाे परमादेश बाट नभइ जनमतबाट प्रधानमन्त्री बन्ने बताएका छन् ।
उनले भने ' म प्रधानमन्त्री बन्न जन्मिएको होइन ।
काम गर्दै जाँदा भएँ । म ६४ वर्षसम्म त प्रधानमन्त्री थिइनँ । भइयो । प्रधानन्त्रीबाट हट्दा भनेको थिएँ ।
म जस्केला, झ्याल वा भेन्टिलेसनबाट होइन, मूल ढोकाबाट फेरि आउनेछु । फेरि पनि सुनिराख्नुभए हुन्छ । असाधारण जनमतका साथ मुलबाटो, मूल गेट मूल ढोकाबाट फेरि पनि प्रवेश गर्छु ।’ '
उनले आफुलाई ग्रहदशा र विभिन्न नेताका महत्वाकांक्षा, ईर्श्या, जलन आदिको समिश्रणबाटनभइ जनताकाे जनमतले प्रधानमन्त्री बनेकाे बताए । उनले भने ' उछिट्टएर प्रधानमन्त्री पद मेरो भागमा आएको होइन ।
जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन जनदेशबाट भएको हो । र, प्रधानमन्त्रीबाट हट्दा मलाई कुनै चिन्ता छैन ।’
उनले हाल बनेकाे गठबन्दनकाे सरकार बिचार आधारीत नभइ स्वार्थका आधारमा बनेकाे बताएका छन् ।