दार्चुलामा भारतीय एसएसपीले तुइन काट्दा महाकाली नदिमा खसेर बेपत्ता भएका जयसिंह धामी अवस्थाकाे प्रतिनिधि सभा बैठकमा जनाकारी गराउन सभामुख अग्नि सापकोटाले दार्चुला घटनाबारे यथार्थ जानकारी दिन सरकारलाई रुलिङ गरेका छन् ।
उनले उक्त घटनामा आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्य तथ्य पत्ता लगाइ यथार्थ जानकारी सरकारलाइ ध्यानाकर्षण गराएका हुन्।
गत साउन १५ गते नेपालबाट भारत जाने क्रममा धामी तुइनबाट खसेर महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।प्रत्यक्षदर्शीले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन चुडाइदिएकाले धामी नदीमा बेपत्ता भएको बताएका छन् ।
घटनाबारे यथार्थ पत्ता लगाउन गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानविन समिति गठन गरेको छ । समितिका सदस्यहरु घटनास्थलको अनुगमन गरी फर्किएका छन् । सो समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयले भनेको छ ।