संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज बिहान ११ः०० बजेका लागि आह्वान गरिएको छ ।
आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले ‘रेल्वे विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’, ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत पेस गरिने भएको सचिवालयको भनाइ छ ।
यसाका साथै ‘प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पनि आजको बैठकमा पेस हुन लागेको छ ।
विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘स्टाण्डर्ड नाप र तौल (पाचौँ संशोधन) विधेयक, २०७६ पनि छलफल तथा पारित गर्ने प्रास्ताव बैठकमा प्रस्तुत हुने भएको छ ।