संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज अपराहन्न १ः०० बजेका लागि आह्वान गरिएको छ ।
आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएका विधेयकहरु नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको संसद सचिवालयले जानकारी दिएको छ ।