जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य तथा निलम्बिल संसद रेशम चैधरी हेडकाउन्टका लागी निर्वाचन आयाेनमा उपस्थित भएका छन् । 

जेलबाटै हस्ताक्षर लिने तैयारी गरिएकाे भएपनि चाैधरीले इनकार गरेपछि आयाेगमै उपस्थित गराइएकाे हाे । चाैधरी आयाेगमा उपस्थित हुँदै गर्दा नेत्री हिसिला यमीले तपाईंकाे  नेता काे हाे ? कसलाई समर्थन गर्नुहुन्छ ? भन्ने प्रश्न गरेकि थिइन्  । 

उनकाे प्रश्नकाे जवाफमा चाैधरीले  उपेन्द्र यादव र महन्त ठाकुर दुबै नेतासंग भेटेपछि मात्र भन्ने जानकारी गराएका थिए । 

केहिबेर अघि चाैधरी ठाकुर पक्षले हस्ताक्षर गर्ने काेठा नम्बर १०४ मा छिरेका छन् । यस अघि  आयाेगमा छिरेसंगै नेता उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसंग भेट्ने प्रयास गरेका थिए । चाैधरी निर्वाचन आयाेगकाे कार्यायलमा छिरेसंगै यादव र भट्टराई बाहिरिएकाले  यादव र भट्टराईसंग भेट हुन सकेपछि  महन्त ठाकरललाई भेट्न काेठा नम्बर १०४ मा छिरेका हुन् ।