नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दैछ । पार्टीको १४औं महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे आज शनिबार शीर्ष नेतासहित पदाधिकारी बैठक बस्न लागेको हो ।

शुक्रबारदेखि जारी बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे नेताहरुबीच छलफल भएपनि ठोस मिति भने तय भइसकेको छैन । कार्यतालिका अनुसार १२ साउनमा वडा अधिवेशन हुनुपर्नेमा अहिलेसम्म क्रियाशील सदस्यता टुंगिएको छैन ।

बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्दैछ ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताए । 

कांग्रेसलाई भदौभित्र महाधिवेशन गर्नै पर्ने कानूनी बाध्यता छ  ।

महाधिवेशन कार्यतालिका प्रभावित हुने निश्चित भएपछि शीर्ष नेतासहितको पदाधिकारी बैठकले नयाँ मिति तय गर्ने बताइएको छ । 

सभापति देउवाले भदौ १६–१९ सम्मको केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी स्थानीय तहको कार्यतालिका फेरबदल गर्न निर्देशन दिएका थिए ।