प्रतिनिसभामा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदनसमक्ष उक्त प्रतिवेदन पेश गरेका छन् ।

राज्यव्यवस्था तथा  सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ पनि सदनमा पेश गरे । 

प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १२ गते मङ्गलबार दिनको १ः०० बजे बस्नेछ ।