राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज करिब दुई घण्टा संवाद भएको स्रोतले जनाएको छ ।
भेटमा के विषयमा छलफल भयो भन्ने बाहिरिएको छैन । समसामयिक विषयमा छलफल भएको बताइएको छ । एमालेभित्रको विवादकाबीच ओलीले हिजोमात्र पार्टी एकताका लागि सासंदहरुलाई आममाफी दिने घोषणा गरेका थिए ।