४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा तामझामका साथ पार्टी प्रवेश गरेका युवा पुनः नेपाली कांग्रेसमै फिर्ता भएका छन् । 

वराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसको तरुण दल र नेवी संघ परित्याग गरी आएका दर्जन बढी युवालाई नेकपा एमालेमा आबद्ध गरिएको थियो । 

४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा वराहक्षेत्रमा आयोजित विचार गोष्ठी कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य युवराज गौतम, मुरारी सुवेदी, सुनसरी जिल्ला उपाध्यक्ष तथा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनाल, संगठन विभाग प्रमुख तथा वराहक्षेत्र इञ्चार्ज योग्यराज खड्कालगायत केन्द्रीय तथा जिल्ला नेताहरुको उपस्थितिमा युवाहरुलाई नेकपा एमालेमा आवद्ध गराइएको  थियो । 

पार्टी प्रवेश गरेका युवा फुर्वा तामाङले आफूले अपरिपक्व निर्णय गरेको सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । 

क्षमायाचना गर्दै उनले आफू कांग्रेसमै रहेको स्पष्ट पारेका छन् । 

यता तरूण दल वराहक्षेत्रका पदाधिकारीले तरूण दलबाट एमालेमा काेही पनि प्रवेश नगरेकाे वक्तव्य निकालेका छन् । नेवी संघबाट प्रवेश गरेका युवा पनि परिबन्धमा परेकाे तरूण दलकाे भनाइ छ । (अद्यावधिक गरिएकाे ।)


furba tamang