नेकपा एमालेका २२ सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन् ।

स्पष्टीकरणमा अध्यक्ष ओलीका कारण वर्तमान संकट आएको उल्लेख छ । 

“यस बिचमा भएका काम कारबाहीलाई मूल रूपमा पार्टी अध्यक्षले गरेका गैर संवैधानिक, विधान विपरीत, सम्मानित सर्वोच्च अदालतको आदेशको बर्खिलाप र अलोकतान्त्रिक कार्यको प्रतिवाद स्वरूप गरिएको एक लोकतान्त्रिक अभ्यास भएकाले यसलाई पार्टी भित्रको वैचारिक र राजनीतिक अन्तर्विरोधका रूपमा बुझ्दै सोही अनुसार वार्ता, छलफल र सहमतिमा पार्टीलाई एकताबद्ध बनाउन आवश्यक छ,” पत्रमा भनिएको छ ।

बुधबार केन्द्रीय कमिटीको बैठकमार्फत एमालेका २२ सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण मागिएको थियो ।

ओलीलाई बुझाइएको स्पष्टीकरण पत्रमा अब विगतका कुराहरूलाई पार्टी अध्यक्ष ओलीले गरेका गैर संवैधानिक, विधान विपरीत, सम्मानित सर्वोच्च अदालतको आदेशको बर्खिलाप र अलोकतान्त्रिक कार्यको प्रतिवाद स्वरूप गरिएको एक लोकतान्त्रिक अभ्यासका रूपमा लिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भनिएको छ ।