४३ औं पुष्पलाल स्मृति दिवसमाका अवसरमा वराहक्षेत्रमा नेकपा एमाले नगर कमिटीले विचार गोष्ठी आयोजना गरेको छ ।

प्रमुख आतिथ्यता ग्रहण गरेका नेकपा एमालेका केन्द्रीय सदस्य युवराज गौतमले पुष्पलालको जीवनीका विषयमा प्रकाश पारे । उनले पुष्पलाललाई निष्ठा, इमानका नेता र सादगी नेतृत्वका रुपमा चिनाए । 

yubaraj gautam cpn uml barahakhsetra

एमालेकै केन्द्रीय सदस्य मुरारी सुवेदीले प्रस्तुत गरेको एक घण्टा लामो प्रवचनमा नेपाली कम्युनिष्ट इतिहास, पुष्पलालको योगदान र वर्तमान अवस्थामा नेकपा एमालेभित्रको किचलोको अन्तर्यका बारेमा उपस्थितलाई जानकारी गराए । 

Tree Plantation Barahakshetra youth force4

वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख एवम् नेकपा एमाले सुनसरीका उपाध्यक्ष निलम खनालले पुष्पलालको स्मृति गर्दै उनको सैद्धान्तिक र संघर्षपूर्ण इतिहासबाट ज्ञान लिंदै समृद्ध मुलुक निर्माणमा लाग्नु पर्ने बताए ।  

नेकपा एमालेका सुनसरी जिल्ला नेता, संगठन विभाग प्रमुख तथा वराहक्षेत्र ईञ्चार्ज योग्यराज खड्काले पुष्पलाल श्रेष्ठको सिद्धान्त, संगठन र संघर्षका बारेमा प्रवचन दिए । 

yogya raj khadka bharaul

विचार गोष्ठीमा एमालेका नगरका नेता कार्यकर्ता, जिल्ला नेता तथा केन्द्रीय नेतृत्वले पुष्पलालको स्मृतिमा विचार व्यक्त गरेका थिए ।

दुई दर्जन बढी युवा एमालेमा प्रवेश

Youth force barahakshetra

पुष्पलाल स्मृति दिवसमा आयोजित विचार गोष्ठीका अवसरमा वराहक्षेत्रका दुई दर्जन बढी युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको तरुण दल र नेवि संघ परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमालेका जिल्ला सदस्य तथा युवा नेता विष्णु घिमिरेले जानकारी दिए । 

युवा संघको वृक्षरोपण

Tree Plantation Barahakshetra youth force1

पुष्पलाल स्मृति दिवसकै अवसरमा नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले वृक्षरोपण गरेको छ ।

वराहक्षेत्र नगरपालिका ७ को बांगे बजारदेखि चक्रघट्टी महेन्द्र गेटसम्म सडक किनारामा वृक्षरोपण गरिएको राष्ट्रिय युवा संघ वराहक्षेत्र नगर ईञ्चार्ज अरुण राईले जानकारी दिए । 

विचार गोष्ठी सकेपछि युवा संघको आयोजनामा वृक्षरोपण गरिएको नगरका नेता समिर तामाङले जानकारी दिए । 

२ सय बढी विरुवा रोपिएको युवा नेता गणेश विष्टले जानकारी दिए ।   

Tree Plantation Barahakshetra youth force3

Rajendra karki cpn uml barahakshetra

Hom Prasad Gautam

cpn uml baraha bichar goshThi photo

तस्बिरहरुः ब्लाष्ट /प्रदीप जस्मैत चौधरी