एमाले नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष छोड्न आग्रह गरेकी छन् । 

‘पार्टी एकता चाहनुहुन्छ भने पार्टी अध्यक्ष छोड्नुहोस्, मार्गप्रशस्त गर्नुहोस्,’ उनले भनिन् ।

मंगलबार साँझ बानेश्वरस्थित अर्याल होटेलमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले पार्टी एकताका लागि ओलीले पार्टी अध्यक्ष छोडेर मार्गप्रशस्त गर्नुपर्ने बताइन् ।

उनले आफूहरू सरकारमा सहभागी हुने सम्भावना नरहेको समेत बताइन् ।

उनकाअनुसार आजको बैठकमा आगामी रणनीतिका विषयमा छलफल भएको थियो ।