नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सत्ता बाहिर हुँदा पनि अहंकार नदेखाउन नेकपा एमालेलाई चुनौती दिएका छन् ।
उनले सत्ता कसरी चल्छ भन्ने आफूहरुले देखाउने पनि बताए ।
‘सत्ता बाहिर हुँदा पनि अहंकार नबोक्नुस् । प्रतिपक्ष हेरौँला, सरकार कसरी चल्छ हामी देखाउछौँ,’ डा. रिजालको भनाइ थियो, ‘बीपीको पार्टीका मान्छे हौँ हामी । नेपालको अदालतले कठिन दिनमा पनि बाटो देखाएको छ । हिजो जनता संक्रमणमा हुँदा के के गरियो ? इनफ इज इनफ भनेर जनता सडकमा आएका होइनन् ? खोप र औषधि खरिदमा भ्रष्टाचार हुँदैन देउवा सरकारबाट यो विश्वास दिलाउन चाहन्छौँ ।’
संसद्मा आइतबार आफ्ना धारणा राख्दै सत्तामा हुँदा अहंकार देखाएकै कारण बाहिरिनुपरेको बताउँदै अदालतलाई चुनौती नदिन एमालेलाई चेतावनी दिए ।
‘सचेत मनले लेखिएको संविधान हो,’ उनले भने, ‘अदालतले प्रधानमन्त्री नियुक्ति गरेको होइन । धेरै उड्ने काम पनि नगर्नुस्, ठाउँमा बस्नुस् ।’