जनता समाजवादी पार्टीको विवादसम्बन्धी मुद्दा निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा परेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको इजलासले दलको विवादमा प्रारम्भिक सुनुवाइ गर्दै कागजपत्र झिकाउने निर्णय गरेको छ। त्यस्तै आयोगको इजलासले आगामी साउन ६ गतेदेखि निरन्तर सुनुवाइ गर्दै निर्णयमा पुग्ने निर्णय गरेको छ ।
आयोगले ६ गतेदेखि निरन्तर सुनुवाइ गरेर निर्णयमा पुग्ने जनाएको छ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुबैले आधिकारिकता दाबी गरेका छन्। निर्वाचन आयोगमा उनीहरूले विभाजनको प्रक्रिया अगाडि बढाइदिन आग्रह गरिसकेका छन् ।
‘६ गतेदेखि हामीले बहसका लागि दैनिक २ घन्टाको समय छुट्टयाएका छौं’, एक आयुक्तले भने, ’दुबै पक्षका तीन/तीन जना वकिललाई समय दिनेछौं ।’